१० पुस २०८२, बिहिबार

नेप्से झिनो अंकले बढेपनि कारोबार रकममा गिरावट

प्रकाशित मिति :  1 February, 2023 4:20 pm


काठमाडौं । केही दिनदेखि लगातार घटेको सेयरबजार साताको कारोबारको चौथो दिन आज भने झिनो अंकले बढेको छ । नेप्से समान्य अंकले बढेपनि कारोबार रकम भने घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बुधबार० सेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले बढेर ४०१.१७ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।

त्यस्तै बुधबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। बैंकको ५ करोड ९३ लाख ३९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
नेप्सेमा आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

एनआईबीएल समृद्धि फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ३.७४ प्रतिशतले घटेको छ ।

कूल २६१ वटा कम्पनीको ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !