१२ आश्विन २०८३, सोमबार

रिलायन्स फाइनान्समा इन्फोडेभलपर्सको ‘पुमोरी नेक्स्टजेन’ लागू हुने

प्रकाशित मिति :  28 September, 2026 2:46 pm


काठमाडौँ । वित्तीय प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली (सीबीएस) कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ।

डिजिटल क्षमता अभिवृद्धि तथा प्रविधि पूर्वाधारलाई आधुनिक बनाउने उद्देश्यले रिलायन्स फाइनान्सले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको हो।

इन्फोडेभलपर्सले विकास गरेको ‘पुमोरी नेक्स्टजेन’ वेबमा आधारित तथा एपीआई इन्टिग्रेसनयुक्त आधुनिक कोर बैंकिङ प्लेटफर्म हो।

यसको लचिलो संरचनाका कारण डिजिटल बैंकिङ च्यानल, तेस्रो पक्षका एप्लिकेसन तथा विभिन्न भुक्तानी प्रणालीसँग सहज रूपमा अन्तरआबद्ध गर्न सकिने कम्पनीले जनाएको छ।

प्रणाली कार्यान्वयनपछि रिलायन्स फाइनान्सको आन्तरिक कार्यप्रणाली थप सुरक्षित र प्रभावकारी बन्नुका साथै ग्राहकलाई छिटो, सहज र सुरक्षित डिजिटल वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !