१३ बैशाख २०८१, बिहिबार

रोल्पामा एक वर्षमा औसत ३ किलोमिटर सडक मात्रै कालोपत्रे !

प्रकाशित मिति :  1 February, 2023 5:35 pm


काठमाडौँ । रोल्पाबाट पहिलो पटक प्रतिनिधि सभा प्रवेश गरेकी सांसद ईश्वरी घर्तीले बुधबारको बैठकमा रोल्पाको सडकको अवस्थामा आवाज उठाइन् ।

प्रतिनिधि सभा बैठकको पहिलो ‘रेकर्ड’ मा घर्तीले रोल्पाको सडक अवस्थाबारे जानकारी गराइन् ।

सांसद घर्तीका अनुसार अहिलेसम्म रोल्पामा जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यसमध्य पनि कालोपत्रेको मुख्य हिस्सा भालुवाङ-लिवाङ सडकखण्डमा पर्ने सडक छ ।

सांसद घर्तीले संसदमा बोलेको कुरालाई आधार मान्ने हो भने रोल्पामा २०६२/०६३ पछि गणना गर्दा पनि हरेक वर्ष औषतमा ३.७५ किलोमिटर मात्रै कालोपत्रे भएको छ । घर्तीले संसदमा भनेको तथ्याङ्क अनुसार शान्तिप्रक्रिया पछिका १६ वर्षलाई औषतमा हेर्दा रोल्पामा एक वर्षमा ३.७५ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

घर्तीले दाङको घोराहीबाट रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वी रुकुमको मैकोट जोड्ने २२० किलोमिटर सहिद मार्गलाई सरकारले ४० वर्षअघि घोराही होलेरी चुनवाङ सडक नाम दिइ सुरु गरे पनि अझै कालोपत्रे हुन नसकेको बताइन् ।

सोही सडकखण्डको होलेरी स्वर्गद्वारी सडकखण्ड सरकारले २२ वर्षदेखि सुरु गरे पनि अझै कालोपत्र हुन नसकेको सांसद घर्तीको भनाइ थियो ।

उनले भनिन्,“रोल्पाभरि जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । बाँकी जोखिमपूर्ण सडकबाट कालोपत्रेमा सुरक्षित यात्रा गर्न रोल्पालीहरूले अझै कतिवर्ष पर्खनुपर्ने हो ?”



प्रतिक्रिया दिनुहोस !