सन्दीपविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुदैँ
प्रकाशित मिति : 3 February, 2023 7:54 am
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ ।
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुने भएको छ।
सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी शुक्रबारका लागि तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।
दुई साताअघि घरौटीमा छुटेका लामिछानेलाई क्यायले उनीमाथि लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको थियो ।








