११ पुस २०८२, शुक्रबार

स्वस्थानी व्रत आजबाट समापन हुँदै, शालीनदीमा भक्तजनको भीड

प्रकाशित मिति :  5 February, 2023 10:35 am


फाइल फाेटाे

काठमाडौं । आज माघ शुक्ल पूर्णिमा एक महिना लामो स्वस्थानी व्रत आजबाट समापन हुँदैछ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धापूर्वक लिएको एक महिने स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।

श्री स्वस्थानी ब्रत कथामा उल्लेख भए अनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि एक महिनासम्म स्वस्थानीको व्रत बस्दा फलस्वरुप महादेव पति पाएको विश्वासका साथ स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र ब्रत बस्ने चलन रहेको छ ।

आज काठमाडौंको शालीनदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । ब्रत समापन गर्नका लागि तिर्थालुहरु बिहानै शाली नदी स्नानका लागि पुगेका छन्



प्रतिक्रिया दिनुहोस !