२४ बैशाख २०८१, सोमबार

गायिका रेखा शाहकाे लकडाउन कविताः क्वारेन्टाइन, एक कहर

प्रकाशित मिति :  10 April, 2020 10:39 am


लकडाउनमा बस्दा नेता, सेलिब्रटी र सर्वसाधारणसम्मले कुनै नै कुनै रमाइला प्रसंगहररू फेसबुक मार्फत् सार्वजनिक गर्दै आएका छन् ।

यसै प्रशंगमा घर बसेकाे बेला माेडेल, गायिका तथा सामाजिक अभियन्ता रेखा शाहले कविता काेरेकी छन् । कालजयी गीत ”सीमसीमे पानीमा ज्यानले बेईमान गर्छ कि जिन्दगानीमा…” की गायिकाले लेखेकाे कविता यस्ताे छः

रहर होईन क्वारेन्टाइन कहर!

आगो बनेर जलाउनु रित हो यहाँ
तिमीले बिना रितको पानी बनेर जलायौ
आँधि बनेर ढलाउनु नौलो थिएन यहाँ
तिमिले त सहारा बनेर ढलायौ !

अत्याचार नाप्ने मापदण्ड थिएन
मलाई घात हुदा तिमी आवाद
त्यागको उत्कर्ष बुझेनौ क्यारे
सायद बुझ्ने छौ गुमे पश्चात् !
प्रेममा नियम हुदैन भन्थे दुनियाँ
तिमीले आफ्नै नियम लगायौ ।

एउटा जीवलाई बेजान सम्झेर
चोटै चोटका चाङ्हरु लगायौ !
मैले जस्तै प्रेम, समर्पण त्यागको
आभास गराउने बाँचा गर्यौ
के भनौ,रातमा जलायौ दिनमा ढलायौ
अनमोल जीवनरत्नमा दाग लगायौ !

आगो समाए देबता भाके
बाँकी राखिन परिक्षा केहि
कहिले कसिमा,कहिले मसिमा
चर्चा मेरै थियो जहि तहि!

-रेखा शाह



प्रतिक्रिया दिनुहोस !