१६ बैशाख २०८१, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

प्रकाशित मिति :  10 February, 2023 12:39 pm


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

एयरलाइन्सका प्रतिनिधिसँग घुस लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएपछि ठाकुरलाई निलम्बित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताए ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !