१६ बैशाख २०८१, आइतबार

सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने

प्रकाशित मिति :  15 February, 2023 1:21 pm


काठमाडौं । सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको सीता एयरले जनाएको छ ।

सीता एअरले आफ्नो जहाज भाडा उडान सुरु गर्ने भएको हो । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिए ।

अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ ।

सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !