२१ बैशाख २०८१, शुक्रबार

लकडाउनले वातावरणमा अनुकुलताः पन्जाबबाट धौलागिरी हेरेर मख्ख पर्दै भारतीय

प्रकाशित मिति :  10 April, 2020 8:43 am


काठमाडौं, २८ चैत ।

कोरोनाको कहर एकातिर मानिसको ज्यान लिइरहेको, मानिस थला परिरहेका छन् । कोरोनाका कारण विश्वभर गरिएको लकडाउनको वातावरणमा भने अनुकुल प्रभाव परेको छ ।

वातावरणमा देखिएको स्वच्छताले भारतबाट नेपालका हिमाल हेरेर भारतीयहरु मख्ख पर्दै सामाजिक संजालमा फोटो पोष्ट गर्न थालेका छन् । वातावरणमा देखिएको सुद्धताले २ सय किलोमिटर टाडाको हिमालसमेत स्पष्ट देखिएको सामाजिकज संजालमा पोष्टहरु आएका छन् ।

यससम्बन्धमा सीएनएनको रिपोर्टमा कम्तीमा १०० माइल टाढाबाट लिइएको भनिएको तस्विरसमेत प्रस्तुत गरिएको छ । भारतको उत्तरीय प्रान्त पञ्जाबका मानिसहरूले हिमश्रृखला सम्बन्धि थुप्रै फोटाहरु सार्वजनिक गरेका छन् । हिमश्रृखला देखिएकाे सम्बन्धि समाचाार अन्य  एजेन्सीहरूले पनि प्रकाशमा ल्याएका छन् ।

भारतीय शहर जलन्धर र त्यस वरिपरिका क्षेत्रबाट यस्ता सामाजिक संजालका पोष्टहरुमा दशकौंपछि हिमाल देखिन थालेको जनाइएको छ । भारतका मनजित काङले करिब ३० वर्ष यता पहिलो पटक यता आफूले लकडाउनमा वायु प्रदुषण हटेपछि हिमाल हेर्न पाएको भनेका छन् ।

धौलागिरी हिमशृंखलाको बारेमा संकेत लकडाउनकाे २१ अाैं दिनमा गरिएकाे   दिवालिया नामकाे ट्वीटर ह्यान्डिलबाट गरिएकाे एक ट्विटमा भनिएको छ, “करिब २०० किलोमिटर टाढा रहेको जलन्धर पञ्जाबबाट ‘धौलाधर’ पर्वत शृंखला ३० वर्षपछि हेर्न पाएको छु,” लकडाउनले हालका सातामा वातावरणमा ल्याएको सुधारले हिमशृंखला देखिन थालेको हो ।”
भारतका ८५ वातावरण प्रदुषित शहरको प्रदुषणमा कमी आएको बताइन्छ ।

पानी पर्दा मात्र खुल्ने काठमाडौं उपत्यकाको आकाससमेत लकडाउन यता प्रायसः खुला देखिन्छ । उपयत्यकाबाट हरेक दिनजसो वरपरका हिमश्रृखला हेर्न पाइन्छ । नेपाल र चीन दुबै तर्फबाट सगरमाथासहितका हिमशृंखला आरोहणमा करिब १ महिना यता बन्द छन् । यसले हिमाल वरपरको वातावरण पनि प्रदुषण कम भएको छ ।



प्रतिक्रिया दिनुहोस !