यी तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाको जानकारी अनुसार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।








