५ पुस २०८२, शनिबार

सुनको मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  26 February, 2023 11:33 am


काठमाडौँ । पछिल्लो एक सातादेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । आज आइतबार पनि सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा तोलाको ४०० रुपैयाँले घटेर तोलाको एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ५०० रुपैयाँ कारोबार तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघको जानकारी अनुसार चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको १२६० रुपैयाँ कारोबार मूलय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !