५ पुस २०८२, शनिबार

‘नियम र ऐनमा रहेर सहकारी संचालन नहुँदा समस्यामा परे’

प्रकाशित मिति :  26 February, 2023 1:42 pm


काठमाडौँ । विधि, नियम र ऐनमा रहेर सहकारी क्षेत्रहरु संचालन नहुँदा अधिकांश सहकारी क्षेत्रहरू समस्यामा परेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले बताएका छन् ।

अाइतबार भएकाे ‘सहकारीमा संकट : कारण र समाधान विषयक’ अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै मान्छेलाई पैसा कमाएर धनी हुने इच्छा रहेको र विधिमा रहेर काम नगर्दा यस्तो समस्या सिर्जना भएको बताएका हुन् ।

मन्त्री राईले सहकारी सकियो खतम भयो भनेर हल्ला गर्नुभन्दा काम गर्नको लागि सहकारीकर्मीहरूलाई अनुरोध गरेका छन् ।

उनले भने, “सहकारीमा कहाँ कहाँ समस्या छ ? त्यसको समाधान गर्ने र कसले बेइमान गरेको छ त्यसलाई कारबाही गरे हुन्छ । धेरै हल्ला गरेपछि सहकारी बचतकर्ताहरू डराउँछन् अनि सहकारीबाट पैसा निकाल्नको होडबाजी चल्छ । त्यसकारण समस्या देखाउनतर्फभन्दा पनि समाधान देखाउन तर्फ हामी सबै लागौँ ।”

राईले कार्यक्रमबाट आएको निष्कर्श समेटेर मन्त्रालयमा ल्याउनको लागि सहकारीकर्मी लगायत संस्थालाई आग्रह गरेका छन् ।

“कार्यक्रममा आएको निष्कर्श मन्त्रालयमा ल्याउनुहोस् म त्यसको समाधान गर्न लागि कोशिस गर्छु । म बोल्ने मन्त्री होइन । बोलेको कुरालाई कार्यन्वयनमा ल्याउने मन्त्री हो ।’’ उनले भने, “देशको अर्थतन्त्र समाप्त भयो भन्छन्, तर म भन्छु सहकारीकर्मीदेखि सबै जना मिलेर काम गर्ने हो भने हामी अर्थतन्त्रमा चीनभन्दा पनि अब्बल हुन्छौँ । ’’



प्रतिक्रिया दिनुहोस !