५ पुस २०८२, शनिबार

निरन्तर ओरालो लाग्यो सुन

प्रकाशित मिति :  27 February, 2023 11:33 am


काठमाडौँ । आज सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !