५ पुस २०८२, शनिबार

पोखरामा सेगवेको नयाँ साेरुम खुल्यो

प्रकाशित मिति :  27 February, 2023 2:16 pm


काठमाडौँ । सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ साेरुम संचालनमा ल्याएको छ ।

नयाँ साेरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोसेढुङ्गा (माइलस्टोन) साबित गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साेरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ । सेगवेले पोखरा साेरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख राप्ने र वातावरणलाई पनि फाइदा पु¥याउँदै आफ्ना उपभोक्ताहरूलाई प्रशंसा गर्ने उत्कृष्ट माध्यम भएको कम्पनीकोे भनाइ छ ।

साेरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू र अन्य मोबिलिटी सोलुसनहरू प्रदर्शनमा राखिने छन्, साथै ग्राहकहरूले ई–स्कुटरहरूको निरीक्षण र टेस्ट–रईड गर्न सकिने र जानकार कर्मचारीहरूबाट विशेष परामर्श प्राप्त गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !