१५ बैशाख २०८१, शनिबार

बाँकेमा ‘आरडिटी’ मार्फत कोरोना परीक्षण सुरु, तथ्याङ्क पठाइदिन स्थानीय निकायलाई आग्रह

प्रकाशित मिति :  11 April, 2020 8:13 am


Microscopic view of Coronavirus, a pathogen that attacks the respiratory tract. Analysis and test, experimentation. Sars. 3d render

बाँके,२९ चैत ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मार्फत कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको भन्दै क्वारेन्टाइनमा १४ दिन बसाई अबधि पुगेका ब्यक्तिको नाम र संख्या उपलब्ध गराउन आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाका स्थानीय तह स्वास्थ्य शाखालाई तथ्याङ्क पठाईदिन आग्रह गरेको हो ।

बाँकेमा भारत लगायत अन्य बाहिरी देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा आरडिटी किटका माध्यमबाट हिजोदेखि नै कोरोना परिक्षण शुरु भएको छ ।

क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका व्यक्तिहरुको परिक्षण गरेर नेगेटिभ देखिए घरमा थप ७ दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइने स्वास्थ्य कार्यालयले बताएको छ।

पोजिटिभ नतिजा आएमा भने क्वारेन्टाइनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने कार्यालयले जानकारी दिएको छ ।

परिक्षणका लागि जिल्लामा ५ सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ७ सय २४ वेडको क्वरेन्टाईमा ४ सय ९१ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।



प्रतिक्रिया दिनुहोस !