सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 28 February, 2023 11:25 am
काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार सोमबार एक लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने जन छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ३०० रुपैयाँ कारोबार तोकिएको छ ।
महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।








