५ पुस २०८२, शनिबार

तोलामा ५०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  1 March, 2023 11:07 am


काठमाडौँ । पछिल्लो १० दिनदेखि ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार फागुन ७ गतेदेखि घटेको सुनको आज फागुन १७ गते तोलाको ५०० रुपैयाँ बढेर तोलाको एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ एक हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १२५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बुधबार प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !