उकालो लाग्यो सुन
प्रकाशित मिति : 2 March, 2023 12:37 pm
काठमाडौँ । आज बिहिबार पनि सुनको मूल्य उकालाे लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार छापावाला सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेर तोलाको एक लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार १०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार १२७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।








