मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता शेयर
प्रकाशित मिति : 3 March, 2023 11:39 am
काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। आज बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यलय, कमलपोखरीमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले फागुन ४ गतेदेखि फागुन १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा १४ लाख २४ हजार ३५१ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ हजार ५ आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीओ मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।








