सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति : 5 March, 2023 11:10 am
काठमाडौँ । आज आइतबार नेपाली बजार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेर तोलाको एक लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै अाज तेजावी सुन तोलाको एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँ बढेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।








