सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति : 7 March, 2023 11:29 am
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा छापावाला सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको तोलाको एक लाख २ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज मंगलबार चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेर १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।








