५ पुस २०८२, शनिबार

सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित भएनन्ः प्रा.डा.अच्युत वाग्ले

प्रकाशित मिति :  7 March, 2023 5:29 pm


काठमाडौँ । अर्थविद् तथा काठमाडौं विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् ।

काठमाडौं विश्व विद्यालय र विश्व व्यापार संगठनले काठमाडौँमा आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

सरकारले बनाउने वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित बनाउन सहयोग मिल्ने सम्मेलनको उद्देश्य रहेको उनको भनाई थियो ।

वाग्लेले नेपालमा उत्पादन भएका वस्तुहरूको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए ।

उनले तथ्य तथ्याङ्कमा आधारित भएको नीति नबनाएसम्म नेपालबाट विदेशमा कति वस्तुहरू निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने बताए ।



प्रतिक्रिया दिनुहोस !