५ पुस २०८२, शनिबार

घटेर एक लाख नजिक पुग्यो सुन

प्रकाशित मिति :  9 March, 2023 10:58 am


काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य लगातार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहीबार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ घटेर तोलाको एक लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको तोलाको एक लाख ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १२२० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !