१३ बैशाख २०८१, बिहिबार

श्री एयरलाइन्सका सबै जहाज उडानमा रोक

प्रकाशित मिति :  10 March, 2023 9:52 am


काठमाडौँ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको विमानको दायाँ भागको इन्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

सो घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो । घटनाको छानबिन थालिएकाले छानबिन नसकिएसम्म लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ ।

सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !