तोलामा ३०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 10 March, 2023 12:08 pm
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर तोलाको एक लाख अठार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख तेह्र सय रुपैयाँ कारोबार तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार बिहिबार तोलाको १२२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहि सोही मूल्यमानै कारोबार हुने जनाएको छ ।








