५ पुस २०८२, शनिबार

सुनचाँदीको मूल्य ह्रातै बढ्यो

प्रकाशित मिति :  12 March, 2023 11:41 am


काठमाडौँ । आज आइतबार सुनको मूल्य ह्रातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावाला सुन तोलाको १७०० रुपैयाँ बढेर एक लाख ३ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३ हजार रुपैयाँ रहेको छ ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार १२२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्षय तोलाको २५ रुपैयाँ बढेर १२४५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको एक लाख १ हजार ८०० र चाँदी १२२० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !