गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना
प्रकाशित मिति : 13 March, 2023 8:16 am
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।








