५ पुस २०८२, शनिबार

तोलामा ६०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  13 March, 2023 1:04 pm


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ६०० रुपैयाँ बढेर तोलाको एक लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आइतबार तोलाको १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर १२५५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !