५ पुस २०८२, शनिबार

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा समेत गिरावट

प्रकाशित मिति :  13 March, 2023 6:01 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको परिसूचक सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयुरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड २४ लाख ५६ हजार ७ सय ४५ रुपैयाको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।

त्यस्तै आजको दिन खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ७.६२ प्रतिशतले घटेको छ ।

कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १ सय ३६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !