५ पुस २०८२, शनिबार

यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  14 March, 2023 7:35 am


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेश लगायत तराईका एक\दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अुनसार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !