सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 15 March, 2023 11:29 am
काठमाडौँ । आज बुधबार सुनचाँदी बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य स्थिर रही तोलाको एक लाख ५ हजार ७०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार २०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ । मंगलबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार तोलाको १३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।








