१३ बैशाख २०८१, बिहिबार

यी प्रदेशमा वर्षाको सम्भावना 

प्रकाशित मिति :  16 March, 2023 7:35 am


सांकेतिक तस्बिर

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा स्थानिय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने छ।

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक\दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।  



प्रतिक्रिया दिनुहोस !