तोलाको एक लाख ६ हजार ७०० पुग्यो सुन
प्रकाशित मिति : 16 March, 2023 11:04 am
काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्रातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ६ हजार २०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार चाँदी तोलाको ५ रुपैयाँ बढेर तोफाको १३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।








