१५ चैत्र २०८०, बिहिबार

शुक्रबारको राशिफल, कस्तो छ तपाईको आज ?

प्रकाशित मिति :  17 March, 2023 5:42 am


आजको पञ्चाङ्ग

वि. सं. ः २०७९ चैत ३ गते शुक्रबार

इ.सं. ः १७ मार्च २०२३

सूर्योदयः विहान ०६ः१४ बजे

सूर्यास्तः बेलुका १८ः१२ बजे

तिथिः दशमी १०ः५२ सम्म, तत्पश्चात् एकादशी

पक्षः चैत्र कृष्णपक्ष

नक्षत्रः उत्तराषाढा २४ः१० सम्म, तत्पश्चात् श्रवण

योगः वरियान् ०७ः१३ सम्म, तत्पश्चात् परिघ

करणः विष्टि १४ः२५ सम्म, तत्पश्चात् बव

चन्द्रराशिः धनु १४ः२५ सम्म, तत्पश्चात् मकर

ऋतुः शिशिर

अयनः उत्तरायण

आजको राशिफल

मेष

मेष राशि भएकाहरूका लागि आज शुभ रहेको छ । मान प्रतिष्ठा इज्जत बढ्नेछ । मनमा शान्ति मिल्नेछ । आँटेको काम पुरा हुनेछ । पढाइमा सफलता मिल्नेछ । भाग्यले साथ दिने छ ।

वृष

वृष राशि भएकाहरुको लागि आजको दिन सामान्य रहेको छ । मानसम्मान मिल्नेछ । मनमा डर उत्पन्न हुनेछ । आलस्यताका कारण काममा मन जाँदैन । यात्रा गर्दा विचार पुर्याउनुहोला ।

मिथुन

मिथुन राशि भएकाहरुको लागि आजको दिन अशुभ रहेको छ । मनमा आएको डरका कारण कामहरु पुरा हुन सक्दैनन् । काममा विभिन्न बाधधा अड्चन आउनेछन् । व्यवसायमा नाफा भन्दा पिनि घाटा व्यहोर्नु पर्ने छ ।

कर्कट

कर्कट राशिका लागि आज राम्रो रहेको छ । रोकिएका धनसम्पती आउने छ । मनमा शान्ति मिल्नेछ । व्यवसायमा फइदा हुने छ । साथिहरुबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । भाग्यले साथ दिनेछ ।

सिंह

सिंह राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । आयस्रोतको नयाँ बाटो खुल्नेछन् । नयाँ रोजगारी सिर्जना हुनेछ । पढाईमा सफलता मिल्नेछ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काम बन्ने छैन । व्यवसायबाट सोचेको जस्तो फल मिल्न छैन । अनावश्यक काममा खर्च हुनेछ । स्वस्थ्यमा समस्या देखिने छ ।

तुला

तुला राशि भएकाहरुको लागि आजको दिन खराब रहेको छ । काम गर्दा विभिन्न बाधाहरु आउनेछन् । आफन्तबाट सहयोग नमिल्दा निराश हुनुपर्ने छ । स्वास्थ्यमा समस्या देखिनेछ ।

वृश्चिक

धनु राशिका लागि आज शुभ रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्नेछन् । आफन्तबाट सहयोग मिल्नेछ । मनमा आनन्द आउने छ । मिष्ठान्न भोजन गर्न पाइने छ ।

धनु

धनु राशि भएकाहरुको लागि आजको दिन अशुभ रहेको छ । रोजगारीको क्षेत्रबाट भने जस्तो आम्दानी हुनेछैन । व्यापार व्यवसायबाट पनि सफलता मिल्नेछैन । अनावश्यक काममा खर्च हुनेछ ।

मकर

मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ । कृषि क्षेत्रमा राम्रो लाभ हुनेछ । आफन्त साथिभाइको सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भ राशिका लागि आज अशुभ रहेको छ । व्यापार व्यवसायबाट सफलता मिल्ने छैन । आम्दानीको बाटो बन्द हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । काममा जाँगर लाग्नेछैन ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रा रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । नोकरीमा पनि मानसम्मान मिल्नेछ । पढाइमा प्रगति हुने छ ।



प्रतिक्रिया दिनुहोस !