२८ माघ २०८२, बुधबार

सभामुख घिमिरेले क्षमायाचना गर्न अनलाइन पत्रकार संघको माग

प्रकाशित मिति :  18 March, 2023 9:07 am


काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्री’मा रहेको भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक रुपमै यस्ता प्रेस विरोधी अभिव्यक्ति दिनु शोभनीय नरहेको र अनलाइन मिडियाको स्वच्छतामाथी समेत प्रहार भएको उल्लेख गरेको छ ।

सचिव गोविन्द मरासिनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता र विश्वसनीयता विरुद्ध दिएको अभिव्यक्तिप्रति सभामुखले क्षमायाचना गर्दै संसदबाट प्रेसमैत्री कानुन निर्माणमा सहजीकरण गर्नका लागि संघ जोडदार माग गर्दछ । अन्यथा, संघ जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुनेछ । तसर्थ, आगामी दिनमा राज्यले नै चौथो अंग पत्रकारितामाथि सार्वजनिक अभिव्यक्ति दिँदा समग्र पत्रकारिताको स्वच्छतामाथि ख्याल गर्न सम्बन्धित सबैप्रति अनुरोध समेत गर्दछ ।’



प्रतिक्रिया दिनुहोस !