७ बैशाख २०८१, शुक्रबार

तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा पनि वैशाख १० गते उपनिर्वाचन

प्रकाशित मिति :  20 March, 2023 5:04 pm


काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा -२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गर्दै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी समय तोकेको छ ।

चितवन क्षेत्र २ तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म दल दर्ता गर्ने समय तोकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !