फागुन महिनामा मात्रै विभिन्न ठाउँमा भएको आगलागीमा १८ जनाको मृत्यु, रू. २३ कराेडकाे क्षति
प्रकाशित मिति : 20 March, 2023 5:24 pm

काठमाडौँ । फागुन महिनामा मात्रै देशका विभिन्न ठाउँमा भएको घर र गोठ आगलागीमा १८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार ६५ जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट २३ करोड ५० लाख रुपैयाँ बराबरको जनधनको क्षति भएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शाखाले आगलागी हुनबाट सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
