८ बैशाख २०८१, शनिबार

फ्रान्सका नयाँ कप्तान एम्बाप्पे

प्रकाशित मिति :  22 March, 2023 9:21 am


काठमाडौँ । फ्रान्स राष्ट्रिय टोली तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

नियमित गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको स्थानमा एमबाप्पेलाई जिम्मेवारी प्रदान गरेको हो ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ क्याप जित्दा ३६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

एम्बाप्पे गत वर्षको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । कतारमा गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपमा कुल ८ गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !