२२ बैशाख २०८१, शनिबार

नेपाली सिनेमा हेर्ने र बुझ्ने वेबसाइट

प्रकाशित मिति :  13 April, 2020 3:51 pm


निशेष आचार्य

कोभिट—१९ ले सबैको दैनिकीमा असर त पक्कै पारेको नै छ । तर यो समयमा पनि तपाई आफ्नो दैनिकीलाई रोचक बनाउन सक्नुहुनेछ, नेपाली मुभी डीबी डट कम(nepalimoviedb.com) को साथमा ।

सन् २०१७ देखि संचालनमा रहेको nepalimoviedb.com नेपाली सिनेमाबारे सम्पूर्ण जानकारी दिने वेबसाइट हो।

यसमा सिनेमामा को कलाकार छन्, कहिले रिलिज भएको हो लगायतका जानकारीहरु पनि सजिलै पाउन सकिन्छ ।

यसका साथै प्रदर्शनमा आउन लागेका सिनेमाहरुको ट्रेलरहरु पनि हेर्न सकिन्छ ।

यस वेबसाइटमा युट्युबमा ट्रेन्डिगंमा परेका र नयाँ रिलिज भएका सिनेमाहरु, धेरै हेरिएका ट्रेलरहरु हेर्न सकिन्छ ।

यस वेवसाइटले काठमाडौं उपत्यकाभित्र कुन–कुन सिनेमा कुन समयमा हलहरुमा चलिरहेको छ भन्ने जानकारी समेत उपलब्ध गराउँछ ।

नेपाली फिल्म उद्योगकै डाटाबेसको रुपमा यस वेबसाइटलाई लिन सकिन्छ, जहाँ नयाँ भिडियोहरुको हाइलाइट्स दैनिक रुपमा हेर्न सकिन्छ र भविष्यमा मुभीहरुको रेटिङ पनि गर्ने फिचर पनि थप्ने योजना रहेको छ।

यस वेवसाइटको अर्को राम्रो फिचर आफूले चाहेको जनरकोआधारमा चलचित्र खोज्न सकिने सुविधा हो। यस बाट युट्युब, आइफ्लिक्स र भिडिओपसल लगायतका वेबसाइटमा रहेका चलचित्र खोज्न सकिन्छ।

नेपाली उपन्यास र काब्यामा आधारित सिनेमा र वास्तविक घटनामा आधारित सिनेमा पनि यसबाट खोज्न र हेर्न सकिन्छ। सिनेमामा मत्र सिमित नरही वृत्तचित्र हेर्न चाहनेहारुका लागि पनि यो वेबसाइट उत्तिकै उपयोगी छ।

यसमा नेपाली भाषामा र नेपाल बारे बनेका वृत्तचित्र पनि उपलब्ध छन्।
घरमै बसेर नयां नयां फिल्महरु हेर्न चाहनेहरुका लागि nepalimoviedb.com एउटा सहज उपाय बन्न सक्छ।

यस वेवसाइटबाट नेपाली फिल्म जगतबारे सम्पूर्ण जानकारीका साथै घरमै बसी बसी नेपाली फिल्म र वृत्तचित्रको मज्जा लिन सकिन्छ।

 



प्रतिक्रिया दिनुहोस !