१३ बैशाख २०८१, बिहिबार

पाकिस्तानका शफिकको खराब कीर्तिमान: लगातार चार खेलमा डक आउट हुने पहिलो खेलाडी

प्रकाशित मिति :  27 March, 2023 8:40 am


काठमाडौँ । पाकिस्तानका शीर्षक्रमका ब्याटर अब्दुल्लाह शफिक टि-२० खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आइतबार राती पाकिस्तान अफगानिस्तानसँग ७ विकेटले पराजित हुनेक्रममा शफिक डक आउट भएका थिए ।

अफगानिस्तानविरुद्ध आइतबार भएको दोस्रो टी–२० खेलमा शफिक गोल्डेन डकमा आउट भएका थिए । शाहजाहमा टस जितेर पहिला पाकिस्तानले ब्याटिङ रोज्दा शफिक पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर फजलहक फारुकीको बलमा एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए ।

२०२० मा जिम्बावेविरुद्ध टि-२० आईमा डेब्यू गरेका शफिकले झण्डै तीन वर्षपछि टोलीमा पुनरागमन गरेका थिए तर शृङ्खलामा खाता खोल्न सकेनन्। यसअघि उनी सन २०२० मा न्युजिल्यान्डविरुद्ध दुई पटक शून्यमा आउट भएका थिए ।



प्रतिक्रिया दिनुहोस !