५ पुस २०८२, शनिबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  30 March, 2023 11:20 am


काठमाडौँ । आज बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार बुधबार प्रतितोला ५०० रुपैयाँ बढेको सुन आज बिहिबार प्रतितोला ३०० रुपैयाँ घटेर तोलाको एक लाख ८ हजार २०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ७ हजार ७०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदीको मूल्य तोलाको १३६५ रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !