तोलामा एक हजार बढ्यो सुन, कतिमा भयो कारोबार ?
प्रकाशित मिति : 31 March, 2023 11:17 am
काठमाडौँ । आज शुक्रबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सनको मूल्य तोलाको एक हजार रूपैयाँले बढेर एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ७०० रुपैयाँमा कारेबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला २५ रुपैयाँ बढेर तोलाको १४०० रुपैयाँमा कारोबा भइरहेको छ ।
बिहिबार छापावाला सुनको मूल्य तोलाको एक लाख ८ हजा। २०० र चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भएको थियो ।








