१५ चैत्र २०८०, बिहिबार

सनसिटी अपार्टमेन्टमा रहेका २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या १६ पुग्यो

प्रकाशित मिति :  14 April, 2020 1:05 pm


काठमाडाैं, २  वैशाख । 

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने  दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८१ बर्षकी आमा र उनका ५८  बर्षका छोराको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका सचिवालयका एक सदस्यले पुष्टि गरे ।

२८ दिनअघि लण्डनबाट आएका उनीहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा पोजेटिभ आएपछि हिजो पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो ।

परीक्षणका क्रममा आमा छोराको रिटपोर्ट पोजेटिभ आएको छ भने बुहारीको रिपोर्ट आउन बाँकी छ ।  यो संगै नेपालमा कोराना संक्रमितको संख्या १६ पुगेको छ ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।

र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले हिजो नै ‘शील’ गरिसकेको छ । अपार्टमेन्टमा रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।

यसअघि काठमाण्डौंकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपनि उनी निको भइसकेकीछन् । योबीचमा काठमाण्डौंमा संक्रमित भेटिएका थिएनन् । तर, थप दुईजनामा कोरोना संक्रमणको पुष्टि भएपछि जोखिम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !