२६ बैशाख २०८१, बुधबार

कोरोना नियन्त्रण गर्न भारतसँगको सीमा नाका अबिलम्ब बन्द गरौंः सांसद सुवाल

प्रकाशित मिति :  12 April, 2023 4:23 pm


काठमाडौँ । सांसद प्रेम सुवालले भारतसँगको सीमा नाका अबिलम्ब बन्द गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभा वैठकमा बोल्दै उनले कोरोना फैलँदो क्रममा रहेकाले नियन्त्रण गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।

“मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ, भारतमा देखिएको नयाँ भेरियन्ट यहाँ देखिएको छ । अबिलम्ब सिमा नाका बन्द गरौं,” उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने सक्रिय कोराना संक्रमितको संख्या ४ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !