५ जेष्ठ २०८१, शनिबार

प्रदेश-५ः प्रयोगशाला परीक्षणका सबै कोरोना रिपोर्ट नेगेटिभ,९ जनाको बाँकी

प्रकाशित मिति :  14 April, 2020 7:19 pm


रुपन्देही, २ बैशाख।

प्रदेश-५ का विभिन्न जिल्लामा कोरोनाको आशंकामा परीक्षणका लागि प्रदेशिक प्रयोगशाला भैरहवा पठाइएका रिपोर्ट नेगेटिभ आएको छ ।

प्रादेशिक प्रयोगशालाले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रयोगशालामा आएका ९० वटा रिपोर्ट मध्य ८१ वटाको परीक्षण भएको र सबैको नतिजा नेगटिभ छ ।

बेलभुण्डी कोरोना अस्पताल दाङको ९ वटा नमुनाको परीक्षण भने आउन बाँकी छ ।

प्रयोगशालामा अहिलेसम्म बाँकेबाट ४५,रुपन्देहीबाट १५, बर्दीयाबाट १४, पाल्पाबाट ४, प्यूठानबाट २, कपिलवस्तुबाट १ वटाको परीक्षण भएको छ ।

प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने,‘प्रयोगशालामा जति परीक्षण भएका छन् ति सबैको नतिजा नेगेटिभ नै छ । ’
प्रदेश ५ का जिल्लाबाट काठमाण्डौं पठाईंएका रिपोर्ट पनि सबै नेगेटिभ आएका थिए ।

प्रादेशिक प्रयोगशालबाट अपेक्षा गतिमा रिपोर्ट भने आउन सकेको छैन । निमित्त प्रमुख गिरीले भने,‘ हामीले एक दिनमा १५-१६ वटा सम्मको नतिजा अपेक्षा गरेका थियौं तर त्यस अनुसार काम हुन सकेको छैन तर प्रयास जारी छ ।’

अहिलेसम्म आएका नमुनाहरु हेर्दा काठमाण्डौं पठाउनु नपरेको भन्दै निमित्त प्रमुख गिरीले भने,‘ अलि बढी संख्यामा नमुना आउन थाले भने गाह्रो छ ।’



प्रतिक्रिया दिनुहोस !