७ बैशाख २०८१, शुक्रबार

‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे : १६ औं दरवारमार्ग सडक महोत्सव’ सम्पन्न (फाेटाे फिचर)

प्रकाशित मिति :  15 April, 2023 10:07 pm


पुष्पा पाल –

काठमाडाैँ । नयाँ वर्ष २०८० को अवसरमा आज वर्षकाे पहिलाे शनिवार काठमाडाैँकाे दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे : १६ औं दरवारमार्ग सडक महोत्सव’ सम्पन्न भएकाे छ ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान), नेपाल उद्योग वाणिज्य महासंघ र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा आयाेजना गरेकाे महाेत्सवमा युवाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । 

काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिबाट विहान साढे ११ बजेेदेखि बेलुका करिब ९ बजेसम्म चलेकाे सांगितिक कार्यक्रमकमा दर्शकहरू उफ्रिउफ्रि नाचेका थिए ।  लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नका लागि महोत्सव आयोजना गरिएकाे रेबानका अध्यक्ष अरनिकाे राजभण्डारीले बताए । महोत्सवमा कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् लगायतको प्रस्तुति रहे । 

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमी तथा महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा राखिएकाे थियाे । बमहोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !