५ जेष्ठ २०८१, शनिबार

नयाँबानेश्वरमा प्रदर्शन गरिरहेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा

प्रकाशित मिति :  18 April, 2023 1:25 pm


काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरिरहेका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारको प्रदर्शनका क्रममा नयाँ बानेश्वर एभरेष्ट होटल अगाडीबाट केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् । बानेश्वरको एभरेष्ट होटलअगाडि विरोधको क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रर्दशनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !