२० बैशाख २०८१, बिहिबार

इस्लाम धर्मावलम्वीले आज रमजान मनाउँदै

प्रकाशित मिति :  22 April, 2023 2:26 pm


काठमाडाैँ । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइरहेका छन् । इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् ।

रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रुपमा समेत लिने गर्दछन् ।

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न शुरु भएको थियो । रमदान अर्थात रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउन लागेका छन् ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस !