३ जेष्ठ २०८१, बिहिबार

सनसिटी अपार्टमेन्टकी महिलाको दोस्रो परीक्षण पनि नेगेटिभ, २ सय ९८ जनाको परीक्षण सकियो

प्रकाशित मिति :  15 April, 2020 4:53 pm


काठमाडौं, ३ बैशाख ।

काठमाण्डौंको सनसिटी अपार्टमेन्टमा संक्रमणको आरडीटी पोजेटिभ भएकी महिलाको दोस्रो रिपोर्टपनि नेगेटिभ आएको छ ।

यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गर्दा ८१ बर्षीय आमा र ५८ बर्षका छोराको नतिजा पोजेटिभ आएपनि बुहारीको नतिजा भने दोस्रो पटकपनि नेगेटीभ आएको हो ।

नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने,‘तीन जनामध्य एक जनाको नेगेटिभ आएपछि पुनः परीक्षण गरेका थियौं त्यो पुनः परीक्षणमा आज नतिजा नेगेटिभ आएको छ ।’

२८ दिनअघि लण्डनबाट आएका उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा पोजेटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो ।

परीक्षणका क्रममा आमा छोराको रिटपोर्ट पोजेटिभ आएपनि बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो । पुन परीक्षण गराउदा पनि बुहारीको नतिजा भने नेगेटिभ आएको छ ।

उनले अपार्टमेन्टमा बस्ने २ सय ९८ जनाको आरडीटी गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाले भने,‘हिजो सनसिटी आपर्टमेन्टमा आरडीटी पोजेटिभ देखिए पश्चात थप परीक्षण पीसीआर गर्दा दुईजनामा पोजेटिभ आएको थियो ।

उहाँहरु बस्ने अपार्टमेन्टमा हामीले हालसम्म २ सय ९८ जनाको र्यापिट डायग्नेष्टिक टेष्ट गरेका छौं सबैको परीक्षणको नतिजा नेगेटिभ आएको   छ ।’
मन्त्रालयले कोरोना संक्रमित देखिएका सहयोगीहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन भइसकेको र परीक्षणको क्रममा रहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !