२१ बैशाख २०८१, शुक्रबार

आजदेखि तीन दिने अन्तर्रार्ष्ट्रिय चिया सम्मेलन, राष्ट्रिय चिया दिवसकाे मूल कार्यक्रम फिक्कलमा हुने

प्रकाशित मिति :  27 April, 2023 7:49 am


बाेर्डले आयाेजना गरेकाे पत्रकार सम्मेलन ।

काठमाडाैँ । नेपालकाे चिया अन्तर्राष्ट्रिय बजारमा विस्तार तथा चिया प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि अन्तर्राष्ट्रिय चिया सम्मेलन सुरू हुने भएकाे छ । 

बिहीबार विभन्न देशबाट नेपाल बाेलाइएका विदेशी पाहुनाहरूकाे स्वागत गर्दै सम्मेलन शुरू हुने तथा १५ र १६ गते भने इलामको फिक्कलमा विभिन्न कार्यक्रम सम्पन्न गरिने राष्ट्रिय चिया तथा कफी विकास बाेर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराइले बताए । 

हरेक वर्ष मनाइने राष्ट्रिय चिया दिवस पनि अन्तर्राष्ट्रिय सम्मेलनकाेबिचमा पारिएकाे उनले बताए । शुक्रवार राष्ट्रिय चिया दिवसकाे २७ २७ औं संस्करणकाे मूल समाराेहसमेत इलामकाे फिक्कलमा हुनेछ । 

यस वर्ष गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ भन्ने मुल नारासहित चिया दिवस मनाइदैछ । 

बाेर्डका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा नेपालमा २० हजार २१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६ हजार ३७९ मेट्रिक्टन चिया उत्पादन भएको छ ।  हाल  १५ हजार बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमीकहरु चियाको विभिन्न मूल्य श्रृंखलामा संलग्न रहेकाे तथ्यांक छ । 

गत आवमा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएकोमा आव ०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार ४९४ मेट्रिक्टन चिया निर्यात भएको छ । 

नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा समस्या रहेको र मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नुपरेको भन्दै नेपाली चिया गुणस्तरयुक्त हुँदाहुँदै पनि कम मूल्यमा बेच्नुपर्दा क्षमताअनुसार नाफामुलक बन्न नसकेको गुनासो भट्टराइकाे छ।



प्रतिक्रिया दिनुहोस !